Go to OLD SITE  मङलवार,६ चैत्र,२०८०(Tuesday,19 March,2024 )    01-6630739 / 01-6630819   slcoce@hotmail.com Check Email logo नेपाली logo ENG
No Image

        वि.सं. १९९० साल (सन् १९३४) मा दरबार हाईस्कुलका विद्यार्थीहरूको परीक्षा लिई सफल हुने विद्यार्थीहरूका लागि प्रमाणपत्र प्रदान गर्नका लागि स्थापना भएको एसएलसी बोर्डले नै हाल आएर परीक्षा नियन्त्रण कार्यालयको रूपमा कार्य गरिरहेको छ । नेपाल सरकारद्वारा स्वीकृत पाठ्यक्रम अनुरुपको विद्यालय शिक्षा (कक्षा १०) का परीक्षार्थीको परीक्षा लिई माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी) का रूपमा प्रमाणीकरण गर्ने मुख्य उद्देश्य रहेको यस कार्यालयले राष्ट्रिय स्तरमा परीक्षाको व्यवस्थापन गर्दै आएको छ ।

शिक्षा ऐनको मिति २०७३।३।१५ मा भएको संशोधनले कक्षा ९ देखि १२ सम्म माध्यमिक शिक्षा कायम गरेको सन्दर्भमा माध्यमिक शिक्षाको परीक्षाको व्यवस्थापन गर्न राष्ट्रिय परीक्षा बोर्ड गठन भएको र कक्षा १० को परीक्षाको व्यवस्थापनका लागि बोर्डबाट प्रत्यायोजित अधिकारअनुरूप परीक्षा नियन्त्रण कार्यालयले कार्य गरिरहेको छ ।

शिक्षा ऐनको संशोधनका कारण परीक्षाको नाम समेत परिवर्तन भई कक्षा १० को परीक्षा 'माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) र कक्षा १२ को परीक्षा 'माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२)' (एसएलसी कक्षा १२) भएको अवस्था छ ।

स्थापनाको सुरुदेखि नै परीक्षाको नतिजा प्रकाशनमा अङ्काङ्कन पद्धति अपनाएको यस कार्यालयले अन्तर्राष्ट्रिय अभ्यास अनुरूप २०७१ देखि प्राविधिक धारतर्फका परीक्षार्थीहरूको र २०७२ देखि सबै परीक्षार्थीहरूको नतिजा अक्षराङ्कन पद्धतिबाट प्रकाशन गर्न थालेको छ । लामो समयदेखि अभ्यासमा रहेको पद्धतिमा परिवर्तन गरी अक्षराङ्कन पद्धतिबाट नतिजा प्रकाशन गरिएकाले यसबारे केही अन्योल, केही अस्पष्टता र केही जिज्ञासा रहनु स्वाभाविकै भए पनि हाल सरोकारवालाहरूमा धेरै स्पष्टता आएको महसुस भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय आफ्नो स्थापनाकालदेखि नै परीक्षाको वैधता, विश्वससनीयता र वस्तुपरकता कायम गर्न प्रतिबद्ध रहिआएको र आगामी दिनमा पनि प्रतिबद्ध रहिरहने विश्वास व्यक्त गर्दछु । साथै यस कार्यमा सबैबाट रचनात्मक सुझाव र सहयोगको अपेक्षासमेत गरेको छु ।                                                                                                                       

 

                                                                                                                                                     नियन्त्रक